काठमाडौँ - घरेलु टोली आयरल्याण्डविरूद्धको टी-२० सिरिज अन्तर्गत तेस्रो खेलमा अफगानिस्तानले जित हात पारेको छ। उसले गए राति सम्पन्न खेलमा २२ रनकाे जित हात पारेको हो।
१९० रनकाे लक्ष्य पछ्याएकाे आयरल्याण्डले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाएर १६७ रन मात्र बनायो। आयरल्याण्डका लागि कप्तान जर्ज डकरेलले अविजित ५८ रनकाे अर्धशतकीय पारी खेले। उनले ३७ बलका ६ चाैका र २ छक्का प्रहार गरेका थिए। फिओन ह्यान्डले ३६, लाेर्कन टकरले ३१ र ग्यारेथ डेनालीले १६ रन जाेडेका थिए।
अफगानिस्तानका लागि नवीन उल हकले ३, फजलहक फारूकी र मुजिब उर रहमानले २/२ तथा कप्तान महम्मद नबीले १ विकेट लिएका थिए। त्यसअघि बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनाएकाे थियाे।
पाहुना टाेलीका लागि रहमनुल्लाह गुर्बाजले ५३ रनकाे अर्धशतकीय पारी खेले। ३५ बलकाे सामना गरेका उनले ८ चाैका र १ छक्का प्रहार गरेका थिए। नजिबुल्हाह जाद्रनले ४२, हजरतुल्लाह जाजाईले ३९ र इब्राहिम जाद्रनले ३६ रन जाेडेका थिए।
आयरल्याण्डका लागि जाेस लिटिलले २ तथा मार्क आदिरले र फिओन ह्यान्डले १/१ विकेट हात पारेका थिए। अफगानिस्तानकाे याे जितसँगै ५ खेलकाे सिरिज २-१ काे अवस्थामा पुगेकाे छ।
यसअघि आयरल्याण्डले ७ र ५ विकेटकाे जित निकालेकाे थियाे।