काठमाडौँ। जोश बटलरको शतकसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। मंगलबार सम्पन्न खेलमा राजस्थानले कोलकातालाई २ विकेटले पराजित गरेको हो।
कोलकाताले दिएको दिएको २२४ रनको लक्ष्य राजस्थानले ८ विकेट गुमाउँदै अन्तिम बलमा पूरा गर्दै जित हासिल गरेको हो।
अन्तिम ओभरमा राजस्थानलाई जितको लागि ९ रन चाहिएको थियो। वरुण चक्रवर्तीको पहिलो बलमा बटलरले छक्का प्रहा गरेका थिए। त्यसपछिका ३ बल चक्रवर्तीले डट राखे।
तर, चक्रवर्तीको पाँचौँ बलमा बटलरले २ रन लिएपछि खेल टाई भएको थियो। अन्तिम बललाई बटलरले स्क्वायर लेग र मिड विकेटको बीचमा प्रहार गर्दै १ रन लिए र राजस्थानलाई २ विकेटको जित दिलाए।
बटलरले अविजित रहँदै ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रन बनए। रियान पराग ३४, रोमान पावेल २६, यशस्वी जयसवाल १९ र सञ्जु सामसन १२ रनमा आउट भए।
कोलकाताका हर्षित राणा, सुनिल नारायणर वरुण चक्रवर्तीले २/२ विकेट लिए। वैभव अरोराको नाममा १ विकेट रह्यो।