डिस्कस थ्रोमा आर्मीका वली र लुम्बिनीकी संगितालाई स्वर्ण

पोखरा - नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स डिस्कस थ्रो इभेन्टमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्र्रदेशले स्वर्ण पदक जितेका छन्। इभेन्टको पुरुषतर्फ त्रिभुवन आर्मीका चित्रबहादुर वली र लुम्बिनीकी संगिता अधिकारीले स्वर्णपदक जितेका हुन्।

वलीले ३८.४८ मिटर र अधिकारीले ३५.१० मिटर थ्रो प्रहार गर्दै स्वर्ण जितेका हुन्। पुरुषतर्फ नेपाल पुलिसका पुस्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले कास्य पदक जितेका छन्। खड्काले ३१.७५ मिटर र पालले ३१.१० मिटर थ्रो प्रहार गरेका थिए।

महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफकी जीतकुमारी महत्वले रजत जितिन्। उनले ३३.६० मिटर थ्रो प्रहार गरेकी थिइन्। त्रिभुवन आर्मी क्लबकी मिलन बुढामगरले ३२.३५ मिटर थ्रो गर्दै कास्य पदक जितिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×