जेनजी आन्दोलनका क्रममा जनकपुरधाममा सुरक्षाकर्मीको हतियार लुट्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
धनुषा प्रहरीका अनुसार, भदौ २४ गते साँझ आन्दोलनकारीहरूले मधेस प्रदेश लोक सेवा आयोग कार्यालयमा तोडफोड र आगजनी गर्दा सुरक्षामा खटिएको प्रहरीको एसएलआर राइफल र ५० राउन्ड गोली लुटिएको थियो।
अनुसन्धान क्रममा सीसीटीभी फुटेजको आधारमा सोमबार बिहान जनकपुरधाम–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट लुटिएको एसएलआर राइफल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।