काठमाडौँ - लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ पुनः एक पटक गायकको रुपमा दर्शक तथा स्रोतामाझ आएका छन्। यसपटक कलाकार श्रेष्ठले गीतकार प्रमोद भट्टराई ‘प्रतिक’ का शब्द तथा कृति न्यौपाने (दिवाकर शर्मा) द्वारा संगीतबद्ध गीत ‘मायाँ रोपे मायाँ फल्छ’ गाएका हुन्।
गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन छ। गीतको म्युजिक भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन्, जसमा कलाकार मदनकृष्ण श्रेष्ठले नै अभिनय गरेका छन्। उनलाई निक शर्मा, ऋचा थापा तथा बाल कलाकार अर्नव घिमिरेले साथ दिएका छन्।
उत्सव दाहालको छायांकन तथा विकास ज्ञवालीको सम्पादन रहेको यो भिडियोमा सुनील क्षेत्रीको कोरियोग्राफी छ।