‘काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभल’ माघमा

काठमाडौँ - ‘काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभल’ आगामी माघ २ गते आयोजना हुने भएको छ।

ग्लोबल एलायन्स अफ एनजीओ फर रोडसेफ्टि, एफआईए फाउन्डेसन र अन्य विभिन्न संस्थाहरुको सहयोगमा नासा फाउन्डेसनले नेपालमा आयोजना गर्ने सो फिल्म फेस्टिभल मार्फत सडक र सवारी सम्बन्धी आधारभूत जानकारी दर्शक सामु प्रस्तुत गर्ने लक्ष्य रहेको बताइएको छ।

मोटरसाइक्लिङ सेफ्टि मुख्य थिम रहेको सो फिल्म फेस्टिबल इन्टरनेशनल रोड सेफ्टी फिल्म फेस्टिभलमा आबद्द रहेको छ। फिल्म फेस्टिभलमा विभिन्न प्रतियोगीहरुले सडक सुरक्षा, सेफ्टी राइडिङ र हेल्मेट तथा भयरहित यात्राको अधिकार सम्बन्धी फिल्म प्रदर्शन गर्नेछन्।

प्रतियोगीले बढीमा १० मिनेटको फिल्म देखाउन सक्ने छन्। जस अन्तर्गत डिसेम्बर ३० भित्र आ-आफ्नो फिल्मको अवधारणा वुझाइसक्नु पर्नेछ भने छनोटमा परेका १० देखि १५ वटा अवधारणालाई प्रक्रियामा सामेल गराइनेछ।

विभिन्न छलफल, ओरिएन्टेसन र निर्माणको चरण पार गरेका १० वटा फिल्मलाई प्रतिस्पर्धामा समावेश गरिने फेलस्टिभल संयोजक भगवती सेढाइंद्वारा जारी पत्रमा उल्लेख छ.

अन्तिम दिनमा दरबारमलस्थित दरवार सिनेम्याक्समा फिल्म प्रदर्शन गरिने छ। उक्त फिल्म फेस्टिबलमा यातायातका सरकारी निकाय, ट्राफिक प्रहरी, स्वास्थय र सुरक्षा सम्बन्धी निकायहरु, अटोमोबाइल सम्बन्धी व्यवसायीक प्रतिष्ठानहरु,  स्थानीय निकाय, सरकारी, गैरसरकारी संस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था तथा व्यावसायिक संस्थाको समेत सहयोग रहने आयोजकले जनाएको छ।

सो अवसरमा फिल्म प्रदर्शनसँगै अवार्ड प्रोग्राम, अन्तरक्रिया तथा सडक र सुरक्षा सम्बन्धी विभिन्न विषयमा प्रदर्शनी समेत गरिने छ। सन् २०१८ बाट नासा नेपालले सडक सुरक्षाको क्षेत्रमा काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिबल शुरु गरेको थियो भने २०२० मा दोस्रो फिल्म फेस्टिभल आयोजना गरेको थियो।

कुल १२ लाख ५० हजार अनुमानित खर्च लाग्ने सो फिल्म फेस्टिभलको लागी इश्वर बल्लभ उप्रेतीको संयोजकत्वमा एक समिति गठन गरीएको आयोजकले जनाएको छ। नासा फाउण्डेसन, नेपाल अटोमोबाइल्स एसोसीएसन (नासा नेपाल) को सडक सुरक्षा, मोबीलीटी र कल्याणकारी कार्यको लागि स्थापित संस्था हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×