काठमाडौँ - सामाजिक सञ्जालमा चर्चित नेपाली ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई फेसबुकले पुनः निष्क्रिय बनाइदिएको छ।
कात्तिक १३ गते निष्कृय भएको ग्रुप २२ गते मङ्गलबारदेखि पुन सक्रिय भएको थियो। तर फेसबुकले बुधबार विहानदेखि एमआरआर ग्रुपलाई निष्कृय गराइदिएको हो।
कम्पनीको कम्युनिटी गाइडलाइन्स उलंघन भएको भन्दै फेसबुकको मातृ कम्पनी मेटाले एमआरआरका गतिविधिमाथि निरन्तर निगरानी गर्दै आएको छ।