११ वर्षपछि ‘मेरो बोली सुन्दा’ गीतको फिमेल भर्सन सार्वजनिक

काठमाडौँ - लोकप्रिय गीत ‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक भएको छ। यस गीतको मेल भर्सन ११ वर्षअघि गायक रुपक डोटेलको स्वरमा रेकर्ड भएको थियो। जुन गीत दर्शकले निकै रुचाएका थिए।

सार्वजनिक गीतमा गायिका सुजाता केसीको स्वर रहेकाे छ। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा नरहरि प्रेमीको संगीत रहेको छ।गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

गीतको भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्कीको अभिनय रहेको छ।

सुजन श्रेष्ठले छायाङ्कन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन्। भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×