फिल्म ‘काँडेतार’को टिजर सार्वजनिक

काठमाडौँ - नवल खड्काको निर्देशनमा बनेको फिल्म ‘काँडेतार’को टिजर सार्वजनिक भएको छ। देशभक्तिको मुद्दा बोकेको फिल्मको टिजर शनिबार सार्वजनिक भएको हो। 

फिल्मको कथा तथा फिल्मलाई निर्माण खड्काले नै गरेका छन्। फिल्मको कार्यकारी निर्माताको रुपमा सत्यकला राई रहेकी छिन्।

फिल्मको पटकथालाई शिभम अधिकारी र निर्देशक खड्काले नै लेखेका छन्। फिल्मको सहायक निर्देशक रामशरण कोइराला छन्। टिजरमा नेपालको स्वाधिनता बचाउनका लागि भएको नेपाल र भारतबीचको द्वन्द्व देखाइएको छ। 

फिल्ममा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

फिल्मका द्वन्द्व निर्देशक केशव रायमाझी रहेका छन्। फिल्मलाई तारा थापा र बन्दे प्रसादले सम्पादन गरेका छन्। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×