युइएफए च्याम्पियन्स लिगः रियल मड्रिड शीर्षस्थानमा

काठमाडौँ - युइएफए च्याम्पियन्स लिगमा सेन्टिकलाई ५-१ अन्तरले हराउँदै रियल मड्रिडले समूह एफ मा शीर्ष स्थान पक्का गरेको छ। बुधबार रातिको जितसँगै रियल १३ अंक सहित शीर्ष स्थानमा रहेको हो। १२ अंक बनाएको आरबी लाइपजिक दोस्रो स्थानमा रहेको छ।

तेस्रो स्थानको सख्तर डोनेस्कको ६ र चौथो स्थानको सेल्टिकले २ अंक मात्र जोड्यो। सख्तर र सेल्टिक समूह चरणबाट माथि बढ्न असफल भएका छन्।

घरेलु मैदानमा रियललाई जित दिलाउन लुका मोड्रिक, रोड्रिगो, मार्को एसेन्सियो, भिनिसियस जुनिअर र फेडेरिको भाल्भल्डेले समान १-१ गोल गरेका थिए। सेल्टिकको लागि जोटाले १ गोल फर्काएका थिए।

राति नै भएको खेलमा लाइपजिकले सख्तर डोनेस्कलाई ४-० ले निराश पारेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×