पक्राउ परिन् ज्याकलिन फर्नान्डेज

भारत। बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई पक्राउ गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार  प्रहरीले मुम्बई विमानस्थलबाट उनलाई समाएको हो। विदेश जाँदै गरेको अवस्थामा उनलाई मनी लान्ड्रिङ मुद्दामा समाइएको हो। भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध 'लुक आउट नोटिस' जारी गरेपछी उनी पक्राउ परेकी हुन्।  निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको थियो। जसमा अभिनेत्री फसेकी हुन्। अनुसन्धानका क्रममा अभिनेत्रीले सुकेशसँग महँगो मूल्यका घोडा र बिरालो खरिद गरेको देखिएको छ। सोहि कारोबारका कारण अभिनेत्री फसादमा परेकी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×