काठमाडौं - साविक विजेता न्यू डायमन्ड स्पोर्टस क्लब जारी एनभीए महिला तथा पुरुष भलिबल क्लब लिगमा एभरेष्ट भलिबल क्लबसँग पराजित भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न महिला तर्फको पहिलो खेलमा न्यू डायमन्डलाई एभरेष्टले ३–२ का सेटमा हराएको हो।
प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा २६–२४ ले पराजित भएको न्यू डायमन्डले दोस्रो र तेस्रो सेटमा लगातार, १३–२५, २०–२५ को जित निकालेको थियो। चौथो सेटमा न्यू डायमन्ड २५–२१ ले पराजित भएपछि खेल पाँचौ सेटमा लम्बिएको थियो।
पाँचौं सेटमा न्यू डायमन्डविरु १५–१३ ले जित निकाल्दै एभरेष्टले प्रतियोसगतामा पहिलो जित दर्ता गर्यो।
यसअघि मंगलबार भएको पहिलो खेलमा एभरष्ट त्रिभुवन आर्मी क्लबसँग २५–१९, २५–७, २५–१८ को साझो सेटमा पराजित भएको थियो।
मंगलबार नै हुने महिला तर्फको दोस्रो खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ।