पञ्जावको नयाँ कप्तानमा शिखर धवन

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) को आउने सिजनमा पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गर्ने भएका छन्। उनले यसअघिका कप्तान मायांक अग्रवाललाई रिप्लेस गर्न लागेका हुन्।

बुधबार बसेको पञ्जाव टिमको बोर्ड बैठकले धवनलाई कप्तानको रुपमा अप्रुभ गरेको र त्यसलाई मुख्य प्रशिक्षक ट्रेभर बेलिसले समर्थन गरेको इएसपीएनक्रिक इन्फोले जनाएको छ। पञ्वाव किंग्सले पनि सामाजिक सञ्जालमा धवन नयाँ कप्तान नियुक्त भएको जनाएको छ।

गत सिजन पञ्जावले मायांक अग्रवाल र अर्शकदीप सिंहलाई मात्र रिटेन गरेको थियो भने धवनलाई अक्सनबाट अनुबन्ध गरेको थियो।

३६ वर्षीय धवन आईपीएलको अनुभवी खेलाडीमध्ये पर्छन्। उनले यसअघि डेक्कन चार्जर्स, दिल्ली क्यापिटल्स, मुम्मबई इन्डियन्स, सनराइजर्स हैदरवादबाट खेलिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×