‘आरआरआर’को प्रचार कार्यक्रममा देखिए आमिर खान

काठमाडौँ – आगामी मार्च २५ बाट सिनेमा हलहरुमा सार्वजनिक हुन लागेको ‘आरआरआर’को प्रचारमा निर्माण टिम जोडतोडले लागि परेका छन्। ‘गंगुबाई काठियावाडी’मा आफ्नो दमदार अभिनयले सबैको मन जितेकी बलिउड अभिनेत्री आलिया भट्ट पनि आगामी फिल्म ‘आरआरआर’को प्रमोसनमा खटिएकी छिन्।

प्रमोसनको क्रममा यो फिल्मको टिम आफ्ना स्टारकास्ट सहित राजधानी दिल्ली पुगेको छ। यसै क्रममा यस फिल्मको प्रमोसनका लागि बलिउड अभिनेता आमिर खान समेत दिल्ली पुगेका छन्। आइतबार ‘आरआरआर’का मुख्य अभिनेता राम चरण, जुनियर एनटीआर, आलिया भट्ट, निर्देशक एसएस राजमौली फिल्मको प्रमोसनका लागि दिल्लीको कनोट प्यालेसमा रहँदा आमिर पनि फिल्मका स्टारकास्टको सपोर्ट गरिरहेको अवस्थामा देखिएका थिए। उनले उक्त फिल्मको ‘नाटो नाटो’ गीतमा फिल्मका कलाकारहरुसँगै डान्स गर्ने कोशिश गरेको समेत देख्न सकिन्छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×