काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य केही दरले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेको हो। महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु. ९२ हजारमा कारोबार भएको छ। तेजावी सुन तोलाको रु. ९१ हजार ५०० पुगेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु. पाँचले बढेर प्रतितोला रु. एक हजार २३५ मा कारोबार भइरहेको छ।