पुनः १४ अर्ब ३३ करोड रुपैयाँँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ - भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुनः १४ अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नै भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।  

राष्ट्र बैंकका अनुसार जारी मिति भने पुस तीन गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब ३३ करोड रुपैंयाँ बराबरको रहेको छ । 

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० माघ दुई गते र २०८१ असार पाँच गते तोकिएका छन् । यि टे«जरीहरु पुरानो नविकरण अन्तर्गतका रहेको राष्ट्र बैंकको भनाई छ । गत साता पनि राष्ट्र बैकले १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।       

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×