काठमाडौँ - अमेरिकाको उत्तर क्यारोलिनामा बिहीबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा एक प्रहरी अधिकारी पनि छन्। समाचार अनुसार घटना स्थानीय समय अनुसार साँझ ५ बजे भएको हो।
उत्तरी क्यारोलिनाका मेयर मेरी एन बाल्डविनले गोलीबारीमा अन्य दुई जना पनि घाइते भएको बताए, जसमध्ये एक प्रहरी अधिकारी छन्। मेयरले घटनाको बारेमा थप विवरण दिएनन् तर भने, ‘हामीले अमेरिकामा यस्ता खालका पागल हिंसा रोक्नु पर्छ।’
संदिग्ध आक्रमणकारी एक श्वेत किशोर भएको मानिन्छ र उनले लामो बन्दुकले गोली चलाएका थिए। ती व्यक्तिबाहेक अरु कसैलाई पनि पक्राउ गरिएको छैन।