प्रधानमन्त्री कप: बागमती जितविहीन‚ मधेश सेमिफाइनलमा

काठमाडौँ - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेश जितविहीन रहँदा मधेश प्रदेशले भने एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ।

टियू मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा मधेश प्रदेश र बागमतीले रोमाञ्चक बराबरी खेल्दा मधेश १ खेल बाँकी हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो। समूह बी अन्तर्गत आफ्नो तेस्रो खेलमा मधेशले पहिले ब्याटिङ गर्दै १ सय ९० रन बनाएको थियो।

जवाफमा बागमती ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रनमा नै समेटिएपछि दुवै टिमले १/१ अंक बाँडेमा हुन्। बागमती रोमान्चक खेलमा ४ बल बाँकी हुँदा पनि १ रन जोड्न नसकेर प्रतियोगितामा जितविहीन बन्यो।

बागमतीका लागि पृथु बास्कोटाले ४० रन जोड्दा रित गौतमले ३२ रन बनाए। इशान पाण्डेले ३१ रन बनाउँदा सूर्य तामाङले २८ रन जोडेका थिए। विवेक मगरको २५ रन रह्यो।मधेशका राजेश यादव र प्रदिप पासवानले ३/३ विकेट लिएका थिए। रुपेश सिंहले २ विकेट लिएका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको मधेशले ४६ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो। उसका लागि रोहन बिकले ६३ रनको अर्धशतकीय इनिङ खेलेका थिए। सन्तोष कार्कीले २३ रन जोड्दा कप्तान हरिशंकर कार्कीले १३ रन बनाएका थिए। राजेश यादवले १६ रन बनाउँदा विशाल सुस्लिङले ११ तथा अनिल शाहले १० रन जोडेका थिए।

बागमतीका नन्दन यादव र सूर्य तामाङले ३/३ विकेट लिएका थिए। रामनरेश गिरी र सूर्य तामाङको नाममा २/२ विकेट रह्यो।खेलपछि मधेशले १ खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ। यो समूहबाट पुलिस यसअघि नै अन्तिम ४ मा पुगिसकेको छ। पुलिसले ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। मधेश ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×