डेल अलीको दुई गोलमा एभर्टनको जित

काठमाडौँ - इंग्लिस मिडफिल्डर डेल अलीले दोस्रो हाफमा दुई गोल गरेपछि एभर्टनले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा रोमाञ्चक जित निकालेको छ।

एभर्टनले च्याम्पियनसिप क्लब ब्ल्याकपुलमाथि ४-२ को रोमाञ्चक जित निकालेको हो। एभर्टनको जितमा अलीले २ तथा भिटाली माइकोलेन्को र टोम डाभिसले गोल गरेका थिए। ब्ल्याकपुलका गारे माडिन र क्यालुम कोन्नोलीले गोल फर्काएका थिए।

ब्ल्याकपुलमा आइतबार राति भएको खेलको छैटौं मिनेटमा भिटाली माइकोलेन्कोको गोलबाट शुरुवाती अग्रता लिएको थियो। १०औं मिनेटमा टोम डाभिसले गोल गर्दै एभर्टनको अग्रता दोब्बर पारेका थिए।

४४औं मिनेटमा गारे माडिनले गोल गरेपछि पहिलो हाफ २-१ को स्थितिमा पुगेको थियो। ४७औं मिनेटमा डेल अलीले गोल गर्दै एभर्टनलाई ३-१ ले अघि बढाए। ५०औं मिनेटमा क्यालुम कोन्नोलीले गोल गर्दै ब्ल्याकपुललाई ३-२ को स्थितिमा ल्याएका थिए।

त्यसपछि ६४औं मिनेटमा डेल अलीले गोल गर्दै टोलीलाई जित दिलाए। प्रि–सिजनमा एभर्टनको यो पहिलो जित हो। यसअघि एभर्टनले आर्सनल र मिनेसोटासँग हार व्यहोरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×