चेक रिपब्लिकविरुद्ध पोर्चुगलको सहज जित

काठमाडौँ - युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा घरेलु टोली पोर्चुगलले सहज जित निकालेको छ। लिग ‘ए’ अन्तर्गत समूह दुईको खेलमा पोर्चुगलले चेक रिपब्लिकविरुद्ध २-० को जित निकालेको हो । 

जोसे अल्भालाडे स्टेडियममा पोर्चुगललाई जित दिलाउन जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान १/१ गोल गरे। खेलको ३३ औं मिनेटमा कान्सेलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।

३८ औं मिनेटमा गुडेसले गोल गर्पोरेपछि घरेलु टोलीले २-० को सहज जित निकालेको हो। खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहीन रहे। 

यो जितसँगै तीन खेलमा सात अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा उक्लिँदा पराजित चेक रिपब्लिक चार अंकका साथ तेस्रो स्थानमा रहेको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×