काठमाडौँ - अनुपविक्रम शाही र आना शर्मा पहिले नै अनुबन्ध भएको ‘मायाको माया’मा अभिनेता राजेश हमाल पनि जोडिएका छन्। हमालले दुई दिनअघि मात्र यो फिल्मसँग सम्झौता गरेका हुन्।
रोहित करण वैद्यको निर्देशन रहने फिल्मको केही दिनअघि कार्यविनायकमा मुहूर्त गरिएको थियो।
थोरै कलाकार राखेर काम गर्न लागेको फिल्म अंग्रेजी भाषामा बन्ने चर्चा छ। पहिले राजेश हमालले गरेको भूमिकाका लागि सौगात मल्ललाई पनि प्रस्ताव गरिएको थियो। तर, सौगात मल्लसँग पारिश्रमिकमा कुरा नमिलेपछि निर्माण टिमले राजेश हमाललाई मनाएको हो।