काठमाडौँ। चर्चित गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’ अहिले विवादमा मुछिएको छ। जनयुद्धको परिणामको केहि भाग र अहिले ति योद्धाहरुको अवस्था गीतमा देखाउन खोजिएको छ। गीतमा गायक प्रकाशकै आवाज, शब्द, संगीत परिकल्पना तथा निर्देशन रहेको छ। सामाजिक सञ्जालमा अहिले उनको उक्त गीतलाई लिएर बिभिन्न टिप्पणी गरिदैछ।
यसैबिच युथ फोर्स नेपालले गायकलाई साथ दिएको छ। एक विज्ञप्तिमार्फत युथ फोर्स नेपालले गायकमाथि भइरहेका धम्कीपूर्ण भाषा रोक्न आग्रह गर्दै धम्कि नरोकिए प्रतिकार गर्न आफु तयार रहेको जनाएको छ। कानुनी राज्यमा कानुन उल्लंघन भएको भए कानुनी सहायता लिई गीतमा रोक लगाउन सकिने बताउदै युथ फोर्स नेपालले धम्कीपूर्ण कार्य रोक्न अनुरोध गरेको छ।
