भारत। दक्षिण भारतीय अभिनेता प्रभास र अभिनेत्री पूजा हेगडेको आउँदो चलचित्र ‘राधे श्याम’को प्रेमिल टिजर सार्वजनिक भएको छ। भ्यालेन्टाइन डेको अवसरमा निर्माणपक्षले चलचित्रको टिजर सार्वजनिक गरेको हो।
राधाकृष्ण कुमारको निर्देशन रहेको चलचित्र मार्च ११ मा प्रदर्शनमा आउदैछ। जनवरी १४ मा प्रदर्शनमा आउने भनिएको चलचित्र कोरोनाका कारण सरेको हो। तेलुगू भाषामा बनेको चलचित्र हिन्दी, तमिल, कन्नड र मलयालम भाषामा पनि हेर्न सकिनेछ।