आर्यन र उपासनाकाे ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक

काठमाडौँ - प्रविण झा निर्देशित चलचित्र डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ। रोमान्टिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रमा मूख्य भूमिका अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीलाई देख्न सकिन्छ।

त्यस्तै, चलचित्रमा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको पनि अभिनय छ।

चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालका साथै राजकुमार भट्ट रहेका छन्। चलचित्रको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन्। चलचित्र आगामी पुष १५ बाट प्रदर्शन हुने भएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×