साइबर सुरक्षाप्रति सरकार गम्भीर र संवेदनशील छ : सञ्चारमन्त्री रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएकी छन् ।

स्लिङ्टन कलेज काठमाडौंले साइबर सेक्युरिटी र डिजिटल फोरेन्सिक अनुसन्धान गर्ने उद्देश्यले स्थापना गरेको साइबर सेक्युरिटी रिचर्ज हबको उद्घाटन गर्दै मन्त्री शर्माले साइबर सेक्युरिटी सरकारको राष्ट्रिय प्राथमिकतामा रहेको बताएकी हुन् । साढे दुई करोड लगानीमा स्थापना गरिएको यो साइबर सेक्युरिटी रिसर्च हब नेपालकै पहिलो शैक्षिक अनुसन्धान केन्द्र भएको जनाएको छ ।

‘सूचना र प्रविधिको उच्चतम विकास र प्रयोगसँगै साइबर सुरक्षा निकै महत्वपूर्ण पक्ष बन्दै गएको छ । साइबर स्पेसलाई सुरक्षित गर्नु आज विश्वभरि ठूलो चुनौतीको विषय बन्दै गएको छ’, मन्त्री शर्माले भनिन्, ‘साइबर स्पेस सुरक्षित गरी व्यक्तिगत डाटा सुरक्षादेखि राष्ट्रिय सार्वभौमिक अक्षुण्ण राख्नेसम्मका कार्य अब महत्वपूर्ण बन्दै गएका छन् ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×