सरकारी कार्यालयमा तोडफोड–आगजनी: मोरङमा आठ जनाको पक्राउ

मोरङको रंगेली क्षेत्रमा जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा थप ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालतबाट पक्राउ पुर्जी निर्गत भएपछि उनीहरूलाई खोजी कार्य तीव्र पारिएको थियो।

प्रहरीका अनुसार मंसिर १५ गते राति रंगेली र आसपासका बस्तीमा लुकीबसिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भूपाल भण्डारी (रंगेली–३), आनन्द साह (रंगेली–७), रमेश कुमार मण्डल (रंगेली–४), रूपक गौतम (रंगेली–३), रुपेश यादव (रंगेली–६), समिर क्षेत्री (कटहरी–२), दोर्जे प्रतिक तामाङ (कटहरी–२) र गणपत यादव (जहदा–१) रहेका छन्। उनीहरूलाई आ–आफ्नै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा पूर्वमा विभिन्न सरकारी कार्यालयमा भएको क्षतिको छानबिन तथा घटना सम्बद्धहरूलाई पक्राउ गर्ने काम जारी रहेको मोरङ प्रहरीले जनाएको छ। यसअघिदेखि मोरङमा मात्रै ३० जनाभन्दा बढी पक्राउ पराइसकिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×