चीनका प्रधानमन्त्रीद्वारा राजनीतिबाट सन्यास

चीन - चीनका प्रधानमन्त्री ली खछ्याङले राजनीतिबाट संन्यास लिएको घोषणा शुक्रवार गरेका छन्। 

राष्ट्रपति सी चिनपिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियताका नेता लीले राजनीतिमा आफ्नो अन्तिम वर्ष भएको बताए। लीसहित चीन सरकारका अन्य सदस्य यसै वर्ष सेवानिवृत्त हुँदैछन्। पार्टीको महाधिवेशनमा सबै तहमा नयाँ नेतृत्व ल्याइनेछ। 

पार्टीको नियमअनुसार पार्टी र सरकारको नेतृत्व गर्ने नेता पाँच् वर्षका दुई कार्यकालपछि रिटायर हुन्छन्। राष्ट्रपति सी चाहिँ आफ्ना पूर्ववर्तीहरूभन्दा विपरीत तेस्रो कार्यकालका लागि सत्तामा बस्ने तयारी गरिरहेका छन्। 

ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए। उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख हुन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×