सुन–चाँदीको भाउ घट्यो: सुन प्रतितोला १ हजार, चाँदी ४५ रुपैयाँ कम

काठमाडौं, १ असोज – अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन बुधबार तोलामा १ हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन यो मूल्य २ लाख १७ हजार १ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। बुधबार चाँदी प्रतितोला २५५० रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको २५९५ रुपैयाँको तुलनामा ४५ रुपैयाँ कम हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×