काठमाडौँ - कोभिड महामारीअघि नै छायांकन सम्पन्न भइसकेको सारा श्रीपाइली अभिनित फिल्म ‘गुञ्जन’को प्रदर्शन मिति तय भएको छ।
निर्देशक अष्ट महर्जनका अनुसार आगामी पुस २९ गते प्रदर्शन गर्ने तयारी रहेको छ। वितरण कम्पनी एफडी र जीजीए समूहले फिल्मको वितरण अधिकार खरिद गरेका छन्।
नेपाल र यूएईको दुबईमा छायांकन गरिएको फिल्ममा कबीर खड्का र प्रितमराज सेन्चुरीको पनि अभिनय रहेको छ। सांगीतिक प्रेमकथामा आधारित फिल्म एक्सन कोरियोग्राफर समेत रहेका महर्जन निर्देशित डेब्यु निर्देशकीय फिल्म हो।
निर्देशक महर्जनले अहिलेसम्म एक्सन कोरियोग्राफरको रुपमा काम गर्दा बटुलेको अनुभवलाई निर्देशन कार्यमा प्रयोग गरेको बताएका छन्।