नारायण गाेपालका गीतसंगीत अब ‘नारायण गाेपाल अफिसियल’बाट

काठमाडौँ - नारायण गोपाल संगीत कोषले स्वर सम्राट नारायण गोपालका गीतहरुका लागि आफ्नै यूट्यूब च्यानल ‘नारायण गोपाल अफिसियल’ सञ्चालनमा ल्याएको छ। उक्त च्यानल सोमबार सञ्चालन सुरु भएकाे हाे।

नारायण गोपालको ३१औँ स्मृति दिवसको अडियो तथा भिडियो राखेर औपचारिक रुपमा ३२औं स्मृति दिवसममा उक्त च्यानल सञ्चालनमा आएकाे हाे। यस च्यानलमा ३२औँ स्मृति दिवसका क्रममा प्रस्तुत गरिएका स्वर सम्राटमा गीतहरू पनि राखिने कोषले जानकारी दिएकाे छ।

नारायण गोपालका संसारभरि रहेका शुभचिन्तकहरुलाई उनका गीतसंगीत पुर्‍याउन च्यानल सञ्चालन गरिएकाे काेषले जानकारी दिएकाे छ।

‘विशेषगरी मंसिर १९ गते संसारभरिबाट थुप्रै शुभचिन्तकहरुले स्वरसम्राट नारायण गोपाललाई विशेष सम्झिरहेका हुन्छन्,‌’ कोषले भनेको छ, ‘त्यसैले नारायण गोपाल सङ्गीत कोषले गर्ने स्मृति दिवस, सम्मान र सांगीतिक कार्यक्रमको भिडियो र अडियो राख्दै जाने अनि यूट्यूबबाट आर्थिक लाभ भएमा यही कोषले संगीत सम्बर्द्धन, प्रबर्द्धन र संगीत शिक्षाका लागि प्रयोग गर्नेछ।’

हाल कोषमा भायोलिन, चेलो र गायन विषयका कक्षा सञ्चालन भइरहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×