सेना दिवसका अवसरमा ब्याडमिन्टन प्रतियोगिता सुरु

काठमाडौँ - महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि पुरुष सिनियर डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।

महेन्द्रनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा, भगतपुर ब्यारेकको आयोजना तथा कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको संयोजनमा सुरु भएको प्रतियोगितामा जिल्लाभरका २८ समूह सहभागी छन्। प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले उद्घाटन गरेका छन्। सेना–नागरिक सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै सेनाले यहाँ स्वास्थ्य शिविर, मैत्री फुटबललगायतका कार्यक्रम आयोजना गरेको छ।

यही फागुन १७ गते सेना दिवसका दिन समापन गरिने प्रतियोगिताका विजयी खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफीसहित पुरस्कृत गरिने सेनाले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×