काठमाडौँ। सुमी खड्काको आवाज तथा बाबुल गिरि,जीवन बडू र मनिष श्रेष्ठको सामुहिक आवाज रहेको गीत 'चोलीको तुना' सार्वजनिक भएको छ। गीतमा मनिष श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने बाबुल गिरिको संयोजन रहेको छ।
मनिष श्रेष्ठकै निर्देशनमा तयार भएको गीतको भिडियोमा उनीसँगै सुमी खड्का र शिशिर भण्डारीको अभिनय रहेको छ। गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: