काठमाडौँ - सरकारले मुटु ,कलेजो र मिर्गौला लगायतका रोगहरुको परीक्षण नि:शुल्क रुपमा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ५० वर्षभन्दा माथिको उमेर समूहका नागरिकको नि:शुल्क रुपमा मुटु ,कलेजो र मिर्गौला लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय गरेको हो। यस्तो परीक्षण वर्षमा १ पटक नि:शुल्क गरिने निर्णय भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेको ज्येष्ठ नागरिक अस्पताल स्थापनासम्बन्धी प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकमा सरकारका मन्त्रीहरुले मृत्यपश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा समेत गरेका छन्।