काठमाडौँ - इंग्ल्यान्डका कप्तान ह्यारी केनको शुक्रबार अमेरिकाविरुद्धको खेलअघि दाहिने घुँडाको स्क्यान गर्नुपर्ने बेलायती मिडियाले जनाएका छन्।
कतार विश्वकपमा इंग्ल्यान्डले सोमबार इरानलाई ६-२ ले हराएको थियो। ४८औँ मिनेटमा मोर्टेजा पौरालिगन्जीको ट्याकलमा केनलाई चोट लागेको थियो। केनलाई ७५औँ मिनेटमा कालुम विल्सनले प्रतिस्थापन गरेका थिए।
विगतमा घुँडाको समस्याबाट पीडित केनले हल्का स्ट्र्याप लगाएका थिए। बुधबार स्क्यान गरेपछि कस्तो प्रकृतिको चोट लागेको थाहा हुनेछ।
केनले ७६ अन्तर्राष्ट्रिय खेलमा ५१ गोल गरिसकेका छन्। वेन रुनीको इंग्ल्यान्डबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान तोड्न केनलाई अब थप २ गोल आवश्यक छ। इरानविरुद्ध केन आफैँले गोल गर्न नसके पनि २ गोलमा अवसर सिर्जना गरेका थिए।
इंग्ल्यान्ड ४ वर्षअघि रुसमा सम्पन्न विश्वकपको सेमिफाइनलमा पुगेको थियो। त्यति बेला केनले ‘गोल्डेन बुट’ जितेका थिए।