‘भुल भुलैया २’को सफलतापछि कार्तिकले बढाए पारिश्रमिक

काठमाडौँ - बलिउड अभिनेता कार्तिक आर्यन स्टारर फिल्म ‘भुल भुलैया २’ले अहिले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको छ।

दक्षिण भारतीय फिल्मको दबदबा बढिरहेको बेला यो फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ। अब ‘भुल भुलैया २’को सफलतापछि अभिनेता कार्तिक आर्यनले आफ्नो पारिश्रमिक बृद्धि गर्ने भएका छन्।

यसअघि फिल्ममा अभिनय गरेबापत १५ देखि २० करोड भारु पारिश्रमिक लिंदै आएका कार्तिकले अब एक फिल्मको ३५ देखि ४० करोडसम्म लिने भएका छन्। 

‘भुल भुलैया २’पछि कार्तिक चाँडै फिल्म ‘शहजादा’मा देखिंदै छन्। यो फिल्ममा कार्तिकका साथ कृति सेनन पनि मुख्य भूमिकामा रहनेछिन्। यो तेलुगू फिल्म ‘अला वैकुण्ठपुरमुलु’को रिमेक हो। फिल्ममा मनिषा कोइराला र परेश रावलको पनि अभिनय रहेको छ।

‘भुल भुलैया २’अघि कार्तिक फिल्म ‘धमाका’मा देखिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×