पोइट आइडलको दोस्रो संस्करण आउँदै

काठमाडौँ - टेलिभिजन रियालिटी शो का ‘डन डाइरेक्टर’ उपनामले समेत परिचित अमनप्रताप अधिकारीले कविताको रियालिटी शो ‘द पोइट आइडल’को दोस्रो संस्करण लिएर आउने भएका छन्। पहिलो संस्करणको सफलतापछि अधिकारी दोस्रो संस्करणको तयारीमा लागेका हुन्।

‘डिजिटल अडिशन खोलेको हो। अहिले इस्मोथली कविताहरू आइरहेका छन्’, उनले भने, ‘हाम्रो बानी कस्तो हुँदोरहेछ भने अन्तिम-अन्तिम चरणमा अत्यधिक धेरै पठाइदिने। ह्वार्रै आउने। जसका कारण धेरै प्रेसर र हतार हुने देखिन्छ।’

एक महिना डिजिटल अडिसनका लागि छुट्याइएकाले सहभागीहरूले आफ्ना कविता तिहारसम्ममा पठाइसक्नुपर्ने छ। प्राप्त भएका कवितामध्ये छनोटमा परेका १ सय ५० जना भन्दा बढी कविहरूलाई काठमाडौं बोलाइने छ।

पोइट आइडलको दोस्रो संस्करण ल्याउन उत्साहित भएका अधिकारी पहिलो सिजनमा भन्दा दोस्रो सिजनमा सहयोगी हात बढेको बताउँछन्। उनले भने, ‘पहिलो सिजनमा सहयोगी हात जुटाउन गाह्रो भएको थियो। अब त्यो गाह्रो कम भएको छ। पोइट आइडललाई विश्वास गर्नेको संख्या धेरै हुनुहुन्छ भन्ने लागिरहेको छ।’

कार्यक्रमको युट्युब पार्टनर ओएसआर रहने छ भने भोटिङ पार्टनर पनि ओएसआर कनेक्ट हुनेछ। यो संस्करणमा मार्केटिङ पार्टनर एडी प्याड एक्युजिसन र एएनएस क्रिएसन रहने शोका निर्माता तथा निर्देशक अधिकारीले बताए। उनले भने, ‘यसपाली करिब ३ करोडभन्दा बढी खर्च देखिने भएको छ । नेपाली मार्केटका लागि यो रकम एकदमै धेरै रकम हो।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×