काठमाडौँ - बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले ३ नोभेम्बरममा भुटानसँगको खेलमार्फत प्रतियोगिताको सुरुवात गर्नेछ।
ढाकामा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता आगामी नोभेम्बर १ देखि ११ सम्म हुनेछ। यस्तै, नेपालले बंगलादेशसँग ५ नोभेम्बर, भुटानसँग ९ नोभेम्बर र ११ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ।
डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ। प्रतियोगिताका लागि नेपालको बन्द प्रशिक्षणमा ३० खेलाडी छन्। मुख्य प्रशिक्षक भगवती राना मगर, सहायक प्रशिक्षक मंगल महर्जन र गोलकिपर प्रशिक्षक, छन्नुराम चौधरीको नेतृत्वमा नेपालले तयारी गरिरहेको छ।