रुबिनाको कप्तानीमा नवौं राष्ट्रिय खेलकुदका लागि पुलिसको टोली घोषणा

काठमाडौँ - रुबिना क्षेत्रीको कप्तानीमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि महिला टोली घोषणा गरेको छ। पुलिसले पहिलोपटक महिला टोली तयार पारेको हो।

विभागीय टोलीमा महिला क्रिकेट टोली तयार पार्ने पुलिस दोस्रो टिम हो। पुलिस टोलीको प्रशिक्षकमा मन्जित श्रेष्ठ रहेका छन्। यसअघि घरेलु महिला क्रिकेटमा एपीएफले राज गर्दै आएको थियो। नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा पुलिसले स्वर्ण जितिसकेको छ।

नेपाल टोलीमा :
रुबिना क्षेत्री (कप्तान), काजल श्रेष्ठ (विकेट किपर), अप्सरी वेगम, सबनम राई, संगिता राई, हिरन्मई राय, कविता जोशी, रेवती धामी, ईश्वरी विष्ट, लक्ष्मी साउद, कविता कुँवर, सम्झना खड्का, मनिषा उपाध्याय र शोभा रोकाया रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×