काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा ब्राइटनले सहज जित निकालेको छ। घरेलु मैदान ब्राइटनले लेस्टर सिटीलाई ५-२ गोल अन्तरले पराजित गरेको हो.
खेलको पहिलो मिनेटमै केलेची इहेनाचोले लेस्टरलाई सुरूवाती अग्रता दिलाए पनि हारबाट भने जोगाउन सकिनन्। १०औँ मिनेटमा लुक थोमसले आत्मधाती गोल गरेपछि ब्राइटन १-१ को बराबरीमा आएको थियो। १५औँ मिनेटमा मोइजे काइसेडोले घरेलु टोलीलाई २-१ को अग्रता दिलाएका थिए।
३३औँ मिनेटमा प्याटसन डाकाले लेस्टरलाई २-२ को बराबरीमा ल्याए। ६४औँ मिनेटमा लिआन्ड्रो ट्रोसार्डले ब्राइटनलाई ३-२ ले अघि बढाएका थिए। ७१औँ मिनेट र थप गरिएको समयमा म्याक एलिस्टरले गोल गरेपछि घरेलु टोलीले ५-२ को सहज जित निकाल्यो।
जितसँगै ६ खेलमा १३ अंक जोडेको ब्राइटन चौथो स्थानमा उक्लिएको छ। लेस्टर भने ६ खेलबाट १ अंकका साथ अन्तिममा रहेको छ।