क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट ३ जना घाइते

क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते भएका छन्। सोमबार राजधानीको चक्रपथस्थित भाटभटेनी नजिकै थापाको प्रदेश ३–०१–०२२ च ४४३७ नम्बरको गाडीले प्रदेश ३–०२–००९ प १७८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन्। मोटरसाइकलमा सवार दुई जना र अर्का एक सडकमा हिँडिरहेका एक बालक घाइते भएको प्रहरी स्रोतले जनाएको छ।  

घाइते हुनेमा मोटरसाइकलमा सवार काभ्रेका विवेक अधिकारी र ओखलढुंगाका सुदिप खतिवडा रहेका छन्। उनीहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। काठमाडौँकै जगरंखुका बालक रुक्सल थापाको चाहिँ चाहिँ त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ। ठक्कर दिने गाडी र थापालाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×