काठमाडौँ - भारतीय क्रिकेटका महिला र पुरुष टोलीका खेलाडीहरुले बराबर म्याच फी पाउने भएका छन्।
बीसीसीआईले महिला क्रिकेटरलाई पुरुष समान म्याच फी को व्यबस्था गरेको जनाएको छ।
बीसीसीआईले पुरुष र महिलालाई टेस्ट, एकदिवसीय र टी-२०अन्तराष्ट्रिय प्रतियोगितामा समान म्याच फी दिने निर्णय गरेको हो। बीसीसीआईले १ टेस्ट बराबर १५ लाख, १ एकदिवसीय बराबर ६ लाख र १ टी-२० बराबर ३ लाख भारु पाउँदै आएका छन्।
बीसीसीआईका सिईओ जय साहले महिला पुरुष दुबै टोलीका खेलाडीलाई बराबर म्याच फी दिने निर्णय उल्लेख गरेका छन्।