कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–३ का ९७ किसानलाई कृषि सामग्री वितरण गरिएको छ। आज एक कार्यक्रमका बीच ६१ जनालाई स्प्रे ट्याङ्की, २६ लाई चरा मेशिन र १० लाई पानी तान्ने मोटर प्रदान गरिएको वडाध्यक्ष टेकलाल सापकोटाले बताए।
पचास प्रतिशत किसानको लगानी र ५० प्रतिशत वडाको लगानीमा सामग्री वितरण गरिएको सापकोटाको भनाइ छ। उनले तरकारी पकेट क्षेत्रका लागि मैनार–बुलाकियामा लिफ्टिङ सिँचाइ योजना सम्पन्न भएको बताए। अन्य क्षेत्रमा पम्प सेटको व्यवस्थापन गरिएको उनको भनाइ थियो। बेमौसमी बर्सातले किसानलाई पु¥याएको क्षतिको विवरण जिल्ला पठाइसकेको र किसानलाई राहत उपलब्ध गराउने पहल गरिरहेको उनले बताए।