थप १८० जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ - देशभर पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप एक जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ३४१ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा पिसीआर विधीबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ९८४ पुगेको छ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार  हजार ३८७ रहेको छ। पछिल्लो समय थप ४०० जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५६ हजार ४१३  पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३६ पुगेको छ भने आज थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 

त्यसैगरी पछिल्लो समय  एक लाख ४१ हजार १२१ ले खोप लगाएको पनि मन्त्रालयले जनाएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार २३५ रहेको छ। अहिले होम आइसोलेशनमा आठ हजार २१ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा २१४ आइसीयुमा ८० र भेन्टिलेटरमा ६ जनाले उपचार गराईरहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×