सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिम प्रदेशका बैतडीसहित पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

गए राति १२ बजेर ५३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको  बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार ४.६ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ। भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×