सन्तोष श्रेष्ठलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार

 काठमाडौं - २०७७ सालको नातिकाजी राष्ट्रिय संगीत पुरस्कार संगीतकार सन्तोष श्रेष्ठले पाएका छन्। संगीत विधामा उनलाई यो पुरस्कार प्रदान गरिएको हो। रचनातर्फ अरुण तिवारी, गायनतर्फ निशा देशार र शिव परियारले पनि नातिकाजी राष्ट्रिय संगीत पुरस्कार पाएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा सोमबार पुरस्कार वितरण गरिन्।

पुरस्कार पाएपछि संगीतकार श्रेष्ठले यो सम्मानबाट अत्यन्त खुसी र अझ बढी जिम्मेवारी वोध भएको बताए। ‘नातिकाजी जस्तो शिखर व्यक्तित्वको नाम जोडिएको पुरस्कार पाउनु मेरो लागि अत्यन्त खुसीको क्षण हो,’ श्रेष्ठले अनलाइनखबरसँग खुसी साट्दै भने, ‘यो सम्मानबाट संगीत क्षेत्रमा अझै बढी योगदान गर्नुपर्छ भन्ने महसुस भएको छ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×