काठमाडौँ - स्रष्टा सूब खत्रीद्वारा ‘सहिदलाई सलाम’ स्वदेश गीतको सँगालो सार्वजनिक भएको छ।
मंगलबार भृकुटीमण्डपस्थित वाल्मीकि विद्यापीठमा लेखक खत्रीसहित विद्यापीठका प्राचार्य भागवत ढकाल, उपप्राध्यापक डा.बालाकृष्ण अधिकारी, समालोचक तथा उपप्राध्यापक तेजविलास अधिकारी, कलाकार देवेन्द्र थुम्केलीलगायतले उक्त कृतिको संयुक्त रुपमा विमोचन गरेका थिए।
कृतिमा देशप्रेम, प्रकृति र मातृभूमिप्रतिको मायालाई दर्शाइएको लेखक खत्रीले बताएका छन्। उनले विदेशमा बस्दा राम्रा लागेका; राष्ट्रिय भावका गीत छनोट गरी कृतिका रुपमा प्रकाशन गरेको बताएका छन्।
ती कवितामध्ये स्वदेश गीतहरुको संख्या कृतिका रुपमा प्रकाशनको गरिएको हो।
कृतिबारे बोल्दै वाल्मीकि विद्यापीठका प्राचार्य ढकालले संग्रहमा आफ्नो ठाउँ, माटो र परिवेशलाई कलात्मक ढंगले स्रष्टाले कृतिमा चित्रण गरेको बताएका छन्।
बागलुङ गल्कोटमा २०२६ सालमा जन्मिएका खत्री वैदेशिक रोजगारीका सिलसिलामा विगत डेढ दशकदेखि जापानमा बसोबास गर्दै आएका छन्।