अभिभावकको सम्झनामा बालबालिकालाई झोला वितरण

कैलाली - अभिभावकको सम्झनामा परिवारजनले बालबालिकालाई झोला वितरण गरेका छन् । कैलालीको टीकापुर–८ स्थित राष्ट्रिय आधारभूत विद्यालय अरुणाफाँटा सूर्यपुरमा कक्षा १ र २ मा अध्ययनरत ६६ बालबालिकालाई झोला, कापी तथा किताब वितरण गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष स्व गोरेबहादुर ठकुल्लाकी पत्नी नन्दा ठकुल्लाले बालबालिकालाई विद्यालय सामग्री वितरण गरेकी हुन्। “विद्यालयका अभिभावक र घरका अभिभावकलाई सम्झनका लागि बालबालिकाको शिक्षामा सहयोग होस् भनी आवश्यक शैक्षिक सामग्री सहयोग गरेका हौँ,” स्व गोरेबहादुरकी श्रीमती नन्दाले भनिन्। झोलासहितका सामग्री वितरण गर्दै समाजसेवी जङ्गबहादुर साउँदले सामग्री वितरण गरेर आफ्ना अभिभावक सम्झने संस्कारले अरूलाई पनि प्रेरणा दिने बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतराम चौधरीले साना साना सहयोगले बालबालिकालाई शिक्षा आर्जनमा सहज हुने र हौसला बढ्ने बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×