शुभकामना गोल्डकपमा चर्च ब्वाइजको जीत

कास्की - चर्च ब्वाइज पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। कालिका स्पोटर्सलाई १-० गोलले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो।

आइतबार भएको खेलको दोस्रो हाफमा चर्च ब्वाइज युनाइटेडका आशिष चौधरीले खेलको ५३ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो। भोलि खुमलटार युथ क्लब र बागमती युथ क्लब बीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ। 

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले नगद ३ लाख रुपैयाँ नगद पुरस्कारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैगरि सर्वोत्कृष्ट खेलाडीले ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २०-२० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। 

प्रतियोगितामा नेपाल एपिएफ क्लब, चर्च व्याइज, अफ्रिकन टोली क्यामरुन, खुमलटार क्लब, कालिका स्पोटर्स चितवन, बाग्मती युवा क्लब, वीरगञ्ज युनाइटेड र आयोजक टिम हेमजा युनाइटेडको  सहभागीता रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×