२ सय करोड ठगी मामिलामा अभिनेत्री ज्याकलिन फर्नान्डिजविरूद्ध आरोपपत्र दायर गरिँदै

काठमाडौँ - एक वर्षयता बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सुकेश चन्द्रशेखरको गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपका कारण तनावमा छिन्। सुकेशले गरेको मुद्राको अवैध ओसारपसार (मनी लाउन्ड्रिङ) र जबर्जस्ती असुलीको गतिविधिमा ज्याकलिनको पनि नाम जोडिएको छ।

२०० करोड भारुको यो मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिनको मुस्किल अझै बढ्ने अनुमान गरिएको छ। बलिउड मिडियाका अनुसार प्रवर्तन निर्देशनालय (ईडी)ले ज्याकलिनलाई नामै लिइएको तयार पारिएको आरोपपत्र अदालतमा दायर हुँदैछ।

भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार ज्याकलिनविरूद्ध बुधबार नै आराेपपत्र दायर गर्न लागेकाे छ। ईडीले ज्याकलिनलाई पहिलै सुकेश अपराधी भनि थाहा भएको र उनले सुकेशसँग जबरजस्ती पैसा असुल्ने गरेको आरोप लगाएकाे छ।

गत अप्रिलमा ईडीले अभिनेत्री फर्नान्डिजसँग रहेको ७ करोडभन्दा बढी सम्पत्ति गैरकानुनी रुपमा आर्जन रहेको बताएको थियो।

ईडीका अनुसार चन्द्रशेखरले ५२ लाख मूल्य पर्ने घोडा र ९ लाख भारु पर्ने पर्सियन बिरालोसहित ५.७० करोड भारुको उपहार ज्याकलिनलाई दिएका थिए। यसबाहेक उनले ज्याकलिनको परिवारलाई पैसा र अन्य उपहार दिएको पनि जनाइएको छ।

चन्द्रशेखर र ज्याकलिन दुवै रिलेसनसिपमा रहेको बताइएको छ। यसअघि यी दुवैको अन्तरंग तस्वीर सामाजिक सञ्जालमा सेयर भएका थिए। यसपछि ईडीले यी तस्वीरलाई प्रमाणको रुपमा पेश गरेको छ।

ज्याकलिनको नाम ठगी मुद्दामा मुछिएसँगै उनलाई भारत छाडेर जान पनि रोक लगाइएको थियो। यस मुद्दामा लामो समयदेखि अनुसन्धान भइरहेको छ। ईडीले ज्याकलिनलाई पटकपटक सोधपुछका लागि बोलाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×