प्रदिप शाहीको चलचित्रमा प्रदिप खड्का संगै विजय लामा पनि

काठमाडौं - निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का,बेनिषा हमाल संगै विजय लामा पनि फाइनल भएका छन्। साइ–फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रमा बिजय लामाको पनि मुख्य र बिसेष भूमिका रहने कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन् ।

गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीको चलचित्रको टाइटल भने सार्वजनिक गरिएको छैन । साई प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ । चलचित्रको अन्य कलाकार र प्राविधिक पनि फाइनल हुने क्रममा रहेको निर्देशक शाहीले जानकारी दिए । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तीम संस्कार’ मा पनि विजय लामा मुख्य भूमिकामा रहेका थिए । 

लामासंगको यो दोश्रो पटक सहकार्यले अझै राम्रो प्रतिफल पाउनेमा टिम आशावादी रहेको छ। छिट्टै चलचित्रको सम्पूर्ण टिम र अन्य जानकारी दिने कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×